Listen LIVE

नेपालगञ्ज १४ शुक्रबार । बर्दियामा चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ।

Advertisement 1

 

व्वयसायीहरू भन्छन्, बजारमा माग घटेर अर्थतन्त्र शिथिल बनेको छ। निर्माणका गतिविधि खुम्चिएकाले मन्दी नै छ। यहि अप्ठ्यारोकै बीचमा पनि ठूलो लगानी गरेर व्यवसाय विस्तार गर्न आँट गर्नेहरू पनि छन्।

Advertisement 2

 

बर्दियाको गुलरियास्थित लुम्बिनी सेरामिक्सले आर्थिक शिथिलताकै बीच चार अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेर टायल उत्पादन शुरू गरेको छ। देशलाई टायल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गत भदौदेखि कम्पनीले टायल उत्पादन शुरू गरेको लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरिवालले बताए।

Advertisement 3

 

निर्देशक चुरिवालका अनुसार लुम्बिनी सेरामिक्स भिट्रिफाइड (पानी नसोस्ने) टायल उत्पादन गर्ने नेपालको पहिलो उद्योग हो। यो उद्योगबाट उत्पादित टायलमा पानी पर्दा पनि शत प्रतिशत हाराहारीमा नसोसिने भएकाले यो टिकाउ, गुणस्तरीय भएको उनको दाबी छ।

 

उद्योगमा दैनिक एक लाख ४० हजार स्क्वायर फिट टायल उत्पादन हुन्छ। कम्पनीले लेमिनार ब्रान्डमा प्रति बर्गफिटको न्यूनतम ८० देखि अधिकतम २०० रुपैयाँ पर्नेसम्मको टायल उत्पादन गर्छ। “नेपालमा सञ्चालनमा रहेकामध्ये लुम्बिनी सेरामिक्समा जस्तो अत्याधुनिक प्रविधि अन्यत्र प्रयोग भएको छैन। गुणस्तरका हिसाबले हाम्रो उत्पादनको प्रतिस्पर्धी नै छैन,” चुरिवालले भने।

 

खासगरी, भार बहन क्षमता, चिल्लोपना, पानी नसोस्ने गुण, आगो प्रतिरोधी गुण, सेतोपना आदि कारणले लुम्बिनी सेरामिक्सका उत्पादन अब्बल रहेको उनको भनाइ छ। गुलरियामा १२.५ बिघामा फैलिएको उद्योगले करीब ३०० जनालाई प्रतक्ष्य रोजगारी पनि दिएको छ।

 

टायल उत्पादनका लागि कच्चा पदार्थको रुपमा रहेको माटो भारतको राजस्थानबाट ल्याइन्छ। कम्पनीले उत्पादन गर्ने गुणस्तरको टायलका लागि आवश्यक माटोको खानी नेपालमा नरहेको चुरिवालले बताए। यद्यपि, कम्पनीले डडेल्धुरामा टायल उत्पादनमा प्रयोग गर्न मिल्ने माटोको खानी भेटेको छ। त्यसलाई उत्खनन् गरेर बिस्तारै प्रयोग शुरू गरिने उनले बताए।

 

घरभित्र तथा बाहिर पछिल्ला समयमा टायलको प्रयोग बढ्दो छ। अहिले देशमा टायल उत्पादन गर्ने कम्पनीको संख्या ६ पुगेको छ। यी कम्पनीको उत्पादन क्षमता देशको टायल मागको तुलनामा धेरै भइसकेको चुरिवालले बताए। यद्यपि, घर तथा भवन निर्माणको क्रम बढ्दै जाने र आवासको सजावटमा सर्वसाधारणको रुचि बढ्दै जाने भएकाले टायलको माग निसन्देह बढ्ने उनको तर्क छ।

 

उनका अनुसार भारतबाट आयात हुनेका तुुलनामा नेपालभित्र उत्पादन हुने टायलको मूल्य २० प्रतिशतसम्म सस्तो हुन्छ। जसले गर्दा यी प्रतिस्पर्धी पनि हुनेछन्। नेपालभित्रैको बजारमा लक्षित गरिएको तथा सस्तो भएकाले लुम्बिनी सेरामिक्सको उत्पादनले भारतीय टायललाई विस्थापित गर्ने उनको दाबी छ। नेपालमा वार्षिक १२ अर्ब रुपैयाँको टायलको कारोबार हुन्छ।

 

लुम्बिनी सेरामिक्सले गुणस्तरीय व्यवस्थापन प्रणाली, वातावरणीय व्यवस्थापन प्रणाली तथा व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणालीका लागि आईएसओ प्रमाणपत्र पाइसकेको जनाएको छ। कम्पनीले सर्वसाधारणलाई प्राथमिक शेयर निष्कासन गर्ने योजना पनि बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!