नेपालगञ्ज , १३ गते विहिबार – पूर्वराजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन् । गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता यसतर्फ आउन लागेका हुन् ।
Advertisement 1
पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने निश्चित भएको जानकारी नेपालगञ्ज खबर लाइ गराए । पूर्वराजा शाहको साथमा उनकी पत्नी कोमल शाहसमेत रहने छिन् ।
Advertisement 2
लुम्बिनी भ्रमणका क्रममा बुद्ध धर्मावलम्बीहरूले शाहलाई भव्य स्वागत गरेका थिए । अहिलेको भ्रमणका क्रममा हुने कार्यक्रमबारे पूर्वराजा शाहको सचिवालयले खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









प्रतिक्रिया