“बर्दियामा गाडीको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा चक्काजाम”

बर्दिया । आइतबार साँझ राजापुर नगरपालिका–८ स्थित हुलाकी सडकमा यात्रुवाहक भ्यानले ठक्कर दिँदा एकजनाको ज्यान गएपछि स्थानीयले चक्काजाम गराएका छन् । लु २ ख ५९१९ नम्बरको फोर्स गाडीले भे ४ प ७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट मोटरसाइकल चालक राजापुर–८ का ५४ वर्षीय चेतुका थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय,बर्दिया प्रहरी उपरीक्षक केदार खनालले बताए । स्थानीयका अनुसार तीव्र गतिबाट आएको उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

फोर्स गाडीका चालक बाँके नेपालगन्ज–४ का विकास सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकका आफन्त र स्थानीयले सोमबार बिहान ७ बजेदेखि चक्काजाम गराएपछि आउजाउ ठप्प भएको छ।

error: Content is protected !!