Listen LIVE

बेलौरी : गत मंसिर १३ गते बेलुका इलाका प्रहरी कार्यालय बेलौरीमा एउटा फोन आयो। बेलौरी नगरपालिका–६ भुराकोटबाट आएको त्यो फोनमा प्रहरीलाई व्यक्ति मृत्युको सूचना थियो।

Advertisement 1

 

 

Advertisement 2

भुराकोटका ४९ वर्षीया सियाराम रानाको ट्वाइलेटमा चिप्लिएर मृत्यु भएको भनिएको थियो। तर इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्द घटनास्थल पुग्दा घटना शंकास्पद देखियो।

 

Advertisement 3

शव ट्वाइलेटमा नभएर ग्यालरीको कुनामा छोपेर राखिएको थियो। बाथरुम र ट्वाइलेटमा लडेको जस्तो केही संकेत थिएनन्। बरु, टाउको र तालुमा चोट थियो।

 

 

शवको प्रकृति हेर्दा ट्वाइलेटमा लडेको जस्तो थिएन। घरका कोठामा रगत लतपत्तिएको थियो। दराजमा झोलाभित्र राखिएको पुरुष र महिलाले लगाउने कपडा पनि रगतले लत्तपतिएका थिए।

 

बेडमुनि प्रहरीले रगत लागेको ईंटा पनि भेट्टाएको थियो। शंकास्पद घटनाको अनुसन्धानका लागि प्रहरीले सियारामकी श्रीमती जनक कुमारी रानालाई नियन्त्रणमा लियो। सोधपुछका क्रममा उनले १३ गते बिहान झगडा भएको र दिउँसो सुतेको बेला ईंटा प्रहार गरेर श्रीमान्को हत्या गरेको स्वीकारिन्।

 

 

उनै जनक कुमारी पुस ८ गतेको जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार गएकी छन्। प्रहरीले अनुसन्धान त्यतिमै रोकेन। जनक कुमारीको मोबाइल खोतल्दा अर्को तथ्य फेला पर्‍यो। उनले एउटै व्यक्तिसँग लगातार सम्पर्क गरेको भेटियो। ती व्यक्ति थिए, भारतको लखिमपुर खिरीको सम्पूर्ण नगरका ३० वर्षीय फारुख।

 

घटनामा षड्यन्त्र गरेको आरोपमा प्रहरीले डेढ महिनापछि ती भारतीय नागरिकलाई पक्राउ गरेको छ। जनक कुमारी र फारुखबीच सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ।

 

फारुख भारतबाट कपडा लगायत सामान तस्करी गर्थे। त्यसैबेला उनीहरूबीच चिनजान भएको थियो। बिमाको रकम हत्याउन फारुखसँग मिलेर जनक कुमारीले श्रीमानको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

 

‘घटनामा उनको संलग्नता छैन। तर एक्सिडेन्ट देखाउने हिसाबले घटना गराउन योजना बनाउनमा संलग्न देखिन्छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले भने, ‘बिमाको रकम हत्याएर घरजम गर्ने मनसायले घटनाको भएको हुनसक्ने कोणबाट उनीबारे अनुसन्धान भइरहेको छ।’

 

मृतक सियाराम अटो रिक्सा चलाउँथे। उनको घरमा १३ वर्षीया एक छोरी थिइन्। उनी विद्यालय गएको मौका छोपेर श्रीमती जनक कुमारीले हत्या गरेकी थिइन्। सियारामले नेपाल लाइफ इन्सोरेन्समा २८ लाखको बिमा बनाएका थिए। त्यही बिमा रकम हत्याउन फारुखको योजनामा हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

 

विभिन्न माध्यमबाट नेपाल बोलाएर पुस २८ गते फारुखलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कर्तज्य ज्यानमा षड्यन्त्र गरेको आरोपमा पक्राउ परेका फारुखलाई १० दिनको म्याद गरेर उनीमाथि विस्तृत अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!