काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ ।
Advertisement 1
एमालेले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा सभा गर्दैछ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।
सभा अघि र्याली हुने छ । भद्रकालीबाट सुरु हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् ।
Advertisement 2
यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ । मंगलबार बसेको एमालेको बैठकले सभालाई ऐतिहासिक रुपमा सफल बनाउने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









प्रतिक्रिया