कालीकोट जिप दुर्घटना : घाइते भएकालाई सुर्खेत ल्याइँदै

कालीकोट – कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा जिप दुर्घटना हुँदा घाइते भएकालाई सुर्खेत ल्याइँदै छ ।

घाइतेमध्ये ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको हो । बाँकी ५ घाइते लिन हेलिकप्टर घटनास्थलतर्फ उडेको छ ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मृतक र घाइतेको संख्या एकीन हुने क्रममा छ । पलाताको थिर्पूबाट करिब २० जना यात्रु बोकेर गएको जिप आइतबार दिउँसो साढे २ बजे दुर्घटना भएको थियो । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।

error: Content is protected !!