Listen LIVE

काठमाडाैं । घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप फुटबलकाे पहिलाे सेमिफाइनल खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।

Advertisement 1

 

नेपाल र भारतबीचकाे खेल काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ । भारतलाई हराउँदै अघिल्लाे यात्रा तय गर्ने दाउसाथ नेपाल मैदान उत्रनेछ ।

Advertisement 2

 

नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको हो । सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० ले हराएर फाइनलमा पुगेको थियो । जुन साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालको पहिलो जित थियो  ।

Advertisement 3

 

अर्काे सेमिफाइनल खेलमा बंगलादेश र भुटान भिड्दै छन् । यी दुई टाेलीबीचकाे दिउँसो साढे एक बजे दशरथ रंगशालामा हुनेछ । अघिल्लो संस्करणमा बंगलादेशले नेपाललाई ३-१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!