Listen LIVE

बिराटनगर । मोरङ सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगर प्रमुख शिव प्रसाद ढकालको निवासमै नबिल बैंक छ। बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका आमाबुवाहरुलाई पूर्व नगर प्रमुख ढकालले आफ्नै खर्चमा चिया, बिस्कुट, पानी वितरण गर्दै आएका छन्।

Advertisement 1

 

हरेक तीन -तीन दिईने सामाजिक सुरक्षा भत्ता लिन बिहानै १० बजे आएर पर्खनु पर्ने हुँदा उनीहरुका लागि ढकालले बस्ने कुर्शी, म्याट समेत ब्यबस्था गरिदिने गरेको स्थानीय ब्यबसायी रुद्र प्रसाद पोख्रेलले बताए।

Advertisement 2

 

त्यहाँ भत्ता लिन आउने सेवाग्राहीले समेत बैंकमा कुनै पनि समस्यामा झन्झटिलो नभएको र सधैं चिया बिस्कुट खान पाइने बताउछन्। अर्को तर्फ बैंकका एक जना कर्मचारीले समेत बैंकमुनिको तल्लो तल्लामा आएर सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्ध आमाबुवालाई सहजीकरण गरिदिने गरेको उनीहरुले बताएका छन्।

Advertisement 3

 

पूर्व नगर प्रमुख ढकाल नभएको बेला पनि परिवारका सदस्यले बैंकमा आउने बृद्ध आमा बुवाहरुलाई कुनै दु:ख नहोस भन्नका लागि पानी, चिया, बिस्कुट वितरण र घाम र पानीबाट बच्न बस्नका ब्यबस्था गर्दै आएको भत्ता लिन पुगेकी एक बृद्ध आमाले बताइन।

 

पदमा होस या नहोस ढकालले जनताको दुख र सुखमा सधैँ साथ दिदैं आएका छन। कुनै पनि समस्या पर्दा आमनागरीक उनको निवासमा गुनासो समेत राख्न पुग्छन भने पदमा हुँदा होस् या नहोस जनताका पिर मर्का बुझ्न आफै समेत घर-घरमा पुग्ने गरेका छन्।

 

अहिलेका नगर प्रमुख केदार गुरागाईले जनताको जनभावना अनुसार काम गर्न नसकेकाले अधिकाम्स जनता रुष्ट रहेका छन्। पूर्व नगर प्रमुख ढकालको समयमा भएका विकास निर्माणका कामलाई समेत निरन्तरता दिन नसकेको नगरबासीहरुले बताउने गरेका छन्।

 

जनताको नजिकको सरकार भने नगरपालिका नै भएको भएपनि नगर प्रमुखले सोचे अनुसारको काम गर्न नसक्दा जनताको आशा र भरोसा गुम्दै गएको पाईएको छ। उनी जनताको काम भन्दा सभा सम्मेलन र उद्घाटन गर्नमै व्यस्था देखिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!