Listen LIVE

दाङ : दाङको तुलसीपुरमा एकजना होटल व्यवसायीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। तुलसीपुर-३ राम्रीमा रहेको ड्रिम वाटर एण्ड लज का सञ्चालक द्रोण आचार्यमाथि गएराति आक्रमण भएको हो। आचार्य, जो तुलसीपुर होटल व्यवसायी समितिका उपाध्यक्षसमेत हुन्, माथि आफ्नै होटलमा धारिलो हतियार (ग्रासी) प्रयोग गरी आक्रमण गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

Advertisement 1

 

घटनापछि इप्रका तुलसीपुरका डीएसपी अनिल ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनामा संलग्न दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुमा तुलसीपुर–९ बेलुवाका रमेश सापकोटा र तुलसीपुर–३ राम्रीका मुकुन्द सापकोटा रहेका छन्।

Advertisement 2

 

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ। डीएसपी ठकुरीले घटनाको कारणबारे छानबिन भइरहेको जानकारी दिएका छन्।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!