नेपालगञ्ज | शनिबार दिउँसो ३:०० बजे ‘रानी जी’ नामक गीत सार्वजनिक भएको छ। RKC Digital को यो प्रस्तुति अहिले विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।
Advertisement 1
गीतलाई उमेश मुस्कान र अञ्जु कुश्मीले गाएका छन्। यसका शब्द उमेश मुस्कानले लेखेका हुन् भने संगीत संयोजन केशब बदुले गरेका छन्।
Advertisement 2
भिडियो निर्देशन र कोरियोग्राफी प्रदीप थारूको रहेको छ। भिडियोमा अञ्जु कुश्मी र सत्य नारायण चौधरीले अभिनय प्रस्तुत गरेका छन्।
Advertisement 3
‘रानी जी’ Spotify, Resso, TikTok Music, Saavn, iTunes Store, र Gaana जस्ता प्लेटफर्महरूमा सुन्न सकिन्छ।
सांगीतिक क्षेत्रका पारखीहरूलाई लक्षित गर्दै रिलिज गरिएको यो गीतले छोटो समयमा नै लोकप्रियता हासिल गर्ने अनुमान गरिएको छ।
RKC Digital लाई निरन्तर सिर्जनात्मक कामका लागि शुभकामना।











