Listen LIVE

काठमाडौं। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा देशका दुर्गम क्षेत्रका १०३ गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ।

Advertisement 1

 

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई नेपाली सेनामार्फत सुरक्षित रूपमा उद्धार गरिएको हो। दुर्गम क्षेत्रमा आकस्मिक प्रसूति सेवा सहज बनाउन सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Advertisement 2

 

मन्त्रालयले हवाई उद्धार सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ कार्यान्वयनमा ल्याएको जनाएको छ। उक्त कार्यविधिअनुसार जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धारको सुविधा उपलब्ध गराइन्छ।

Advertisement 3

 

लामो समयसम्म प्रसव व्यथा लाग्ने, अत्यधिक रक्तश्राव हुने, पाठेघर फुट्ने, गर्भमै शिशुको मृत्यु हुने तथा अन्य जटिल स्वास्थ्य समस्या देखिएका अवस्थामा रहेका महिलालाई तत्काल विशेषज्ञ उपचारका लागि सुविधा सम्पन्न अस्पतालसम्म हवाईमार्फत पुर्‍याउने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

 

सरकारको यो कार्यक्रमले दुर्गम तथा विकट क्षेत्रमा बसोबास गर्ने गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउन तथा मातृ मृत्युदर न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!