Listen LIVE

बैतडीः बैतडीमा एक महिलामाथि बलात्कार गरिएको ६ महिनापछि घटना बाहिरिएको छ।

Advertisement 1

 

जिल्लाको सिगास गाउँपालिकाकी २४ वर्षीया महिलामाथि बलात्कार गरिएको हो। बलात्कारपछि महिला गर्भवती भएको ६ महिनापछि मात्र घटना बाहिरिएको छ। उनीमाथि देवर नाता पर्ने करिब २६ बर्षीय अर्जुनसिंह धामीले बलात्कार गरेको घटना बाहिरिएको हो।

Advertisement 2

 

गत असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि पीडक फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको हो। पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ।

Advertisement 3

 

पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ। पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका र घटना बाहिरएपछि उनी घर फर्किएका छन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले नेपालगञ्ज पोष्ट लाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!