Listen LIVE

नेपालगञ्ज पोष्ट : नेपाली गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक तथा सङ्गीतकार प्रमोद डीजीले आफ्नो आधिकारिक युट्युब च्यानलबाट नयाँ गीत ‘मग्न आउकी घरमा’ सार्वजनिक गरेका छन्। आज साँझ करिब साढे ६ बजेतिर सार्वजनिक भएको यो गीतले दर्शक तथा स्रोतामाझ चर्चा बटुलिरहेको छ।

Advertisement 1

सुनील परियारको प्रस्तुति रहेको यस गीतमा प्रमोद डीजी र शान्ता रानी परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द र सङ्गीत स्वयम् प्रमोद डीजीले नै सिर्जना गरेका हुन्। गीतमा बुद्ध स्याङ्बाको एरेन्जमेन्ट रहेको छ भने मनोज परियारले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीतको रेकर्डिङ ‘आफ नो म्यान’ स्टुडियोमा गरिएको हो।

Advertisement 2

गीतको म्युजिक भिडियोमा सुनील परियार र सामना ऐरको अभिनय रहेको छ। खगेन्द्र गिरीको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको यस भिडियोको छायाङ्कन प्रशान्त केसी र उनको टिमले गरेको हो। भिडियोको सम्पादन तथा कलरको काम राजेश कुमार र पुनम चौधरीले गरेका हुन् भने भिडियो ‘भिडियो बैंक’ स्टुडियोमा सम्पादन गरिएको हो।

Advertisement 3

 

गायन र सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय प्रमोद डीजीले हालसम्म दर्जनौं गीतहरू नेपाली सांगीतिक बजारमा ल्याइसकेका छन्। पछिल्लो समय उनी गायन र गीत लेखनका साथै ‘चुरे खबर’ मिडियामार्फत पत्रकारितामा समेत उत्तिकै व्यस्त रहँदै आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!