Listen LIVE

नेपालगञ्ज, २१ असार : शारीरिक सीमिततालाई चुनौती दिँदै बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुई निवासी उमेश खत्रीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्। लक्ष्मी माध्यमिक विद्यालयबाट कृषि विषयमा कक्षा ९ देखि १२ सम्म अध्ययन गरेका उमेशले ३.४० GPA प्राप्त गर्दै सबैका लागि प्रेरणाको स्रोत बनेका छन्।

Advertisement 1

उमेशको सफलता सामान्य विद्यार्थीको जस्तो पक्कै छैन। जन्मजात दुवै हात नभएका उनले खुट्टाको सहारामा कलम समातेर आफ्नो शैक्षिक यात्रालाई अगाडि बढाएका हुन्। शारीरिक रूपमा आफूलाई कमजोर महसुस नगरी उनले देखाएको आत्मविश्वास र दृढ संकल्पले आज सिङ्गो जिल्लालाई नै गौरवान्वित बनाएको छ।

Advertisement 2

सामान्य परिवारमा हुर्केका उमेशको संघर्षका कथा निकै प्रेरणादायी छ। बुबा सशस्त्र प्रहरी बल (APF) मा कार्यरत छन् भने आमा गृहणी हुनुहुन्छ। ४ जनाको सानो परिवारमा हुर्केका उमेशले कक्षा १० मा ३.०२ GPA ल्याएर आफ्नो क्षमताको पहिलो परिचय दिएका थिए।

Advertisement 3

 

कृषि विषयमा विशेष रुचि राख्ने उमेशले आफ्नो मेहनतलाई निरन्तरता दिँदै कक्षा १२ सम्मको यात्रा पूरा गरे। “शारीरिक असक्तता सफलताको बाधक होइन, बरु यसलाई अस्त्र बनाउन सके लक्ष्यमा पुग्न सकिन्छ,” उमेशको यो भनाइले आज हजारौं विद्यार्थीमा नयाँ उत्साह भरेको छ।

 

उमेशको यो सफलता केवल उनको व्यक्तिगत उपलब्धि मात्र होइन, यो उनले पढेको लक्ष्मी मावि, राप्तीसोनारी गाउँपालिका र समग्र बाँके जिल्लाकै लागि गौरवको विषय बनेको छ। हातले साथ नदिए पनि हौसलाले कहिल्यै हार नमानेका उमेशले अभाव र असक्तताका बीचमा पनि इतिहास रच्न सकिन्छ भन्ने कुरा व्यवहारमै प्रमाणित गरिदिएका छन्।

 

उनको यो उच्च आत्मबल र शैक्षिक उपलब्धिको नेपालगञ्ज पोष्ट उच्च सम्मान गर्दछ। उमेश खत्रीको आगामी दिनहरू थप उज्ज्वल, सुखद र प्रेरणादायी बन्न सकून्, हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!