नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–१२ सुर्खेतरोड, धम्बोझीमा रहेको वेष्टर्न मार्टको भवनमा शुक्रबार बेलुकी आगलागी भएको छ। साँझ करिब साढे ७ बजेतिर एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आगो नियन्त्रणका लागि बाँके र बर्दियाबाट गरेर ७ वटा दमकल परिचालन गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकाका २ वटा दमकलसहित कोहलपुर नगरपालिका, गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, नरैनापुर गाउँपालिका र नेपाल आयल निगमका दमकल प्रयोग गरिएको उनले बताए। प्रहरीका अनुसार आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन। खबर प्राप्त हुँदासम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण पनि हालसम्म प्राप्त भएको छैन। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। थप अपडेटका लागि हामीसँग जोडिरहनुहोस्। Post navigation निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानुनी कारबाहीको चेतावनी: नेपालगञ्जमा सरोकारवालाको साझा प्रतिबद्धता वरिष्ठ लोकगायक एवं सञ्चारकर्मी कमल बि.के. ‘निर्मोही’ को निधन: पश्चिम नेपालको सांगीतिक क्षेत्र स्तब्ध