Listen LIVE

काठमाडौं । सबैभन्दा बढी सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टका कन्टेन्ट अब नेपालीमै हेर्न पाइने भएको छ । मिस्टर बिस्टको कम्पनी ‘क्रियटर ग्लोबल’ले नेपाली डब आर्टिस्ट र भाषा संयोजक राखेर नेपाली भाषामा भिडिओ देखाउने तयारी गरेको हो ।

Advertisement 1

 

‘क्रियटर ग्लोबल’ले चार महिनाअघि सामाजिक सञ्जाल लिङ्क्डइनमा पोस्ट राख्दै नेपाली अनुवादकका लागि आवेदन खुलाएको थियो । त्यसमध्येबाट सारस शर्मा अधिकारी छनोट भएका थिए ।

Advertisement 2

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unkno
“मैले दुई महिनाअघि आवेदन दिएको थिएँ,” नेपालगञ्ज खबरसँग कुरा गर्दै अधिकारीले भने, “छनोट भएपछि अहिले मेरो काम अनुवाद भएको भाषा ठीक छ छैन जाँच गर्ने र कसरी राम्रो बनाउन सकिन्छ भनेर सुझाव दिनु हो ।”

 

Advertisement 3

सुरुवाती चरणमा मिस्टर बिस्टकै मुख्य युट्युब च्यानलबाट प्रसारण हुने शर्ट भिडिओमा नेपाली भाषाको विकल्प हुने अधिकारीले बताए ।

 

अमेजनको भिडिओ स्ट्रिमिङ प्लेटफर्म प्राइम भिडिओमा मिस्टर बिस्टको रियालिशी शो आउने तयारी भइरहेको छ । १० करोड डलर बराबरको उक्त शोमा एक हजार प्रतियोगीबाट एक जना विजेतालाई ५० लाख डलर उपहार दने बताइएको छ । मिस्टर बिस्टले यो नै अहिलेसम्मको सबैभन्दा ठूलो गेम शो हुने दाबी गर्दै आएका छन् । १० देखि १२ ओटा एपिसोड हुने उक्त शोमा विश्वमा बोलिने प्रमुख भाषा डब गरिएको छ ।

 

त्यसबाहेकका अन्य भाषा भने सबटाइटलका रूपमा उपलब्ध हुने बताइएको छ । सम्भवतः नेपाली सबटाइटल यही भिडिओमा उपलब्ध हुनेछ । नेपाली भाषामा प्राइम भिडिओका कन्टेन्ट डब हुन्छन् वा हुँदैनन् स्पष्ट छैन ।

 

प्राइम भिडिओमा आउन लागेको शोको औपचारिक घोषणा गर्न मिस्टर बिस्ट १० नोभेम्बरमा छिमेकी देश भारत आउँदैछन् । भारत भ्रमणका क्रममा उनले आफ्नो चकलेट ब्रान्ड फिस्टेबल समेत सार्वजनिक गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!