Listen LIVE

नेपालगञ्ज पोष्ट : बुवाको गम्भीर उपचार र आफ्नै सांगीतिक सपना सँगसँगै बोकेर अगाडि बढिरहेकी अन्जना सारु मगर अहिले ‘द भ्वाइस अफ नेपाल ७’ को लाइभ राउन्डमा पुग्न सफल भएकी छन्। जीवनका चुनौतीबीच पनि संगीतप्रतिको उनको लगाव र निरन्तर प्रयासले उनलाई यो चरणसम्म ल्याएको हो।

Advertisement 1

 

लाइभ राउन्डमा प्रवेश गरेपछि अन्जनाले दर्शकश्रोताको साथ र भोट आफ्नो लागि अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन्। “म अझै गाउन चाहन्छु, अगाडि बढ्न चाहन्छु। त्यसका लागि दर्शकको माया नै सबैभन्दा ठूलो आधार हो,” उनले भनिन्।

Advertisement 2

 

स्टेजमा आत्मविश्वासका साथ प्रस्तुत भइरहेकी अन्जनाको जीवन भने सजिलो छैन। विगत दुई महिनादेखि उनका बुवा कलेजो र मृगौलाको गम्भीर समस्याका कारण अस्पतालमा उपचाररत छन्। छोरीको सांगीतिक यात्राको सफलता उनले अस्पतालको शैयाबाट नियालिरहेका छन्। उनका अनुसार अन्य प्रतिस्पर्धीहरू अभ्यासमा व्यस्त हुँदा अन्जना भने रातभर बुवाको स्याहारमा जुटिरहेकी हुन्छिन्।

Advertisement 3

 

पर्याप्त अभ्यास गर्ने समय र मानसिक शान्ति नहुँदा पनि अन्जनाले हिम्मत हारेकी छैनन्। पारिवारिक संकटका बीच पनि उनले ब्लाइन्ड अडिसनदेखि नकआउट चरणसम्मको यात्रा सफलतापूर्वक पूरा गरेकी छन्। उनको गायकीबाट प्रभावित कोच मेलिनाले कुनै टिप्पणी नगरी सिधै लाइभ राउन्डमा छनोट गरेकी थिइन्।

 

संघर्ष, जिम्मेवारी र सपनाको दोबाटोमा उभिएकी अन्जना अहिले आफ्नो स्वरमार्फत लाखौँ दर्शकको मन जितिरहेकी छन्। उनको यो यात्रा संगीत मात्र होइन, साहस र समर्पणको उदाहरण पनि बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!