नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण कार्यविधि मस्यौदामाथि छलफल

नेपालगञ्ज पोष्ट : नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण कार्यविधिको मस्यौदामाथि छलफल गरिएको छ ।

 

नेपालगन्ज उपमहानगरपालिकाले तयार पारेको ‘बाल अधिकार संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन सम्बन्धि एकीकृत कार्यविधि २०८२’ को मस्यौदामाथि आज छलफल गरिएको हो । विज्ञ नारायण प्रसाद घिमिरेले कार्यविधिको मस्यौदा प्रस्तुतिकरण गरेका थिए ।

 

त्यसक्रममा सहभागीहरुले आवश्यक सुझाव र पृष्ठपोषण दिएका थिए । कार्यविधि व्यवहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्नेमा उनीहरूको जोड छ । नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले प्राप्त सुझाब र पृष्ठपोषणलाई समेटेर कार्यविधिलाई अझ परिपक्व बनाइने बताइन् ।

 

कानुन शाखा प्रमुख माया शर्माले कानुनी प्रावधानबारे जानकारी गराउँदै सुझाब मागेकी थिइन् ।शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाको उपस्थिति थियो ।

 

error: Content is protected !!