Listen LIVE

नेपालगञ्ज पोष्ट : नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण कार्यविधिको मस्यौदामाथि छलफल गरिएको छ ।

Advertisement 1

 

नेपालगन्ज उपमहानगरपालिकाले तयार पारेको ‘बाल अधिकार संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन सम्बन्धि एकीकृत कार्यविधि २०८२’ को मस्यौदामाथि आज छलफल गरिएको हो । विज्ञ नारायण प्रसाद घिमिरेले कार्यविधिको मस्यौदा प्रस्तुतिकरण गरेका थिए ।

Advertisement 2

 

त्यसक्रममा सहभागीहरुले आवश्यक सुझाव र पृष्ठपोषण दिएका थिए । कार्यविधि व्यवहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्नेमा उनीहरूको जोड छ । नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले प्राप्त सुझाब र पृष्ठपोषणलाई समेटेर कार्यविधिलाई अझ परिपक्व बनाइने बताइन् ।

Advertisement 3

 

कानुन शाखा प्रमुख माया शर्माले कानुनी प्रावधानबारे जानकारी गराउँदै सुझाब मागेकी थिइन् ।शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाको उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!