Listen LIVE

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पवन सर्राफले कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

Advertisement 1

 

दोस्रो संस्करणका लागि शनिबार काठमाडौंमा गरिएको मिनी अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया)मा पवनलाई कर्णालीले खरिद गरेको हो । मधेश प्रदेशका पवन सर्राफका लागि कर्णालीले अधिकतम १५ लाख रूपैयाँ खर्चियो । अक्सनमा पवन ‘ए’ श्रेणीमा रहेका थिए । उनका लागि अन्य क्लबले पनि बोली लगाएका थिए । तर, गोलाप्रथामा कर्णालीले बाजी मार्‍यो ।

Advertisement 2

 

‘ए’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम् मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रूपैयाँ निर्धारण गरिएको थियो । ‘ए’ श्रेणीमा कूल आठजना खेलाडी रहेका छन् ।

Advertisement 3

 

अक्सनमा सहभागी क्लब जकपुर बोल्ट्स (साविक विजेता), काठमाडौं गोर्खाज, कर्णाली याक्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स (साविक उप­–विजेता), लुम्बिनी लायन्स, विराटनगर किङ्स र पोखरा एभेन्जर्स हुन् ।

 

‘बी’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम् मूल्य पाँच लाख र अधिकतम मूल्य १० लाख रूपैयाँ तोकिएको छ । श्रेणी ‘सी’मा रहेका खेलाडीका लागि न्यूनतम् मूल्य दुई लाख र अधिकतम मूल्य पाँच लाख रूपैयाँ निर्धारण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle
error: Content is protected !!