सन्देश भुसाल,बाँके , कोहलपुर : बाँकेको कोहलपुरस्थित जनगर्जन नेटवर्क प्रा.लि. बाट प्रहरीले ठूलो परिणाममा लागुऔषध र नक्कली नोट बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट रु १,००० दरका ५१ वटा नक्कली नोट र १९ किलो अफिम बरामद गरेको हो। यस अभियोगमा संलग्न रहेको आरोपमा सुर्खेत प्रहरीले सञ्चारकर्मी मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सहकारी लुम्बिनी अनलाइन टिभी पत्रकार संघका सह–सचिव समेत रहेको पुष्टि भएको छ। प्रहरीका अनुसार, उक्त लागुऔषध र नक्कली नोट कहाँ प्रयोग गरिन्थ्यो र कसरी वितरण गरिन्थ्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा यो कार्य संगठित अपराधसँग जोडिएको हुनसक्ने आशंका पनि गरिएको छ। एक सञ्चारकर्मी अपराधमा संलग्न देखिनुले पत्रकारिता क्षेत्रकै विश्वसनीयता र नैतिकतामा गम्भीर प्रश्न खडा गरेको छ। प्रेसको स्वतन्त्रता र जिम्मेवारीपूर्ण भूमिकाको सन्दर्भमा यस्ता घटनाहरूले समाजमा नकारात्मक असर पार्ने खतरा रहन्छ। प्रहरीले आवश्यक अनुसन्धानलाई तीव्रता दिइरहेको र दोषी उपर कानूनी कारबाही अघि बढाइने जानकारी दिएको छ। Post navigation पाकिस्तानमा भीषण वर्षा र बाढीले १११ जनाको ज्यान गयो, अझै जोखिम कायमै साउने सङ्क्रान्ति आज देशभर हर्षोल्लासका साथ मनाइँदै, लुतो फाल्ने र शिव पूजा गर्ने परम्परा