Listen LIVE

सन्देश भुसाल,बाँके , कोहलपुर : बाँकेको कोहलपुरस्थित जनगर्जन नेटवर्क प्रा.लि. बाट प्रहरीले ठूलो परिणाममा लागुऔषध र नक्कली नोट बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट रु १,००० दरका ५१ वटा नक्कली नोट र १९ किलो अफिम बरामद गरेको हो।

Advertisement 1

यस अभियोगमा संलग्न रहेको आरोपमा सुर्खेत प्रहरीले सञ्चारकर्मी मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सहकारी लुम्बिनी अनलाइन टिभी पत्रकार संघका सह–सचिव समेत रहेको पुष्टि भएको छ।

Advertisement 2

प्रहरीका अनुसार, उक्त लागुऔषध र नक्कली नोट कहाँ प्रयोग गरिन्थ्यो र कसरी वितरण गरिन्थ्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा यो कार्य संगठित अपराधसँग जोडिएको हुनसक्ने आशंका पनि गरिएको छ।

Advertisement 3

एक सञ्चारकर्मी अपराधमा संलग्न देखिनुले पत्रकारिता क्षेत्रकै विश्वसनीयता र नैतिकतामा गम्भीर प्रश्न खडा गरेको छ। प्रेसको स्वतन्त्रता र जिम्मेवारीपूर्ण भूमिकाको सन्दर्भमा यस्ता घटनाहरूले समाजमा नकारात्मक असर पार्ने खतरा रहन्छ।

 

प्रहरीले आवश्यक अनुसन्धानलाई तीव्रता दिइरहेको र दोषी उपर कानूनी कारबाही अघि बढाइने जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!