भारत,दिल्ली : सन २००२ मा चर्चित हिन्दी रिमिक्स आइटम गीत ‘काटा लगा’ बाट प्रसिद्धि कमाएकी अभिनेत्री तथा मोडेल शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार मुम्बईको कूपर अस्पतालमा उनको मृत्यु भएको पुष्टि भएको छ। प्रारम्भिक रिपोर्टअनुसार हृदयघातका कारण ज्यान गएको बताइए पनि मृत्युको यथार्थ कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र प्रष्ट हुनेछ।
Advertisement 1
एन्टी–एजिङ औषधिको प्रयोगमाथि शंका
Advertisement 2
वरिष्ठ प्रहरी अधिकारीहरूले दिएका सूचनाअनुसार शेफाली जरीवालाले विगत आठ वर्षदेखि बुढ्यौली रोक्ने एन्टी–एजिङ औषधिहरू प्रयोग गर्दै आएकी थिइन्। मृत्युको अघिल्लो दिन, जुन २७ मा घरमा भएको पूजामा उनले व्रत बसेकी थिइन्। त्यही दिन दिउँसो उनले सुईमार्फत एन्टी–एजिङ औषधि लिएको बताइएको छ।
Advertisement 3
प्रहरी स्रोतहरूका अनुसार व्रतको समयमा शरीरमा खालि पेटमा दिइएको उक्त सुईले मुटुमा असर गरेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। यद्यपि, यसबारेमा स्पष्ट पुष्टि पोस्टमार्टम रिपोर्टपछि मात्रै हुनेछ।
के हो एन्टी–एजिङ औषधि ?
एन्टी–एजिङ उपचारहरू प्रायः अनुहारको छाला कसिलो बनाउन, चाउरी हटाउन र उमेरसँगै देखिने दागहरूसमेत हटाउन प्रयोग गरिन्छ। यसमा रेटिनोल, पेप्टाइड्स, फिलर र हर्माेनल थेरापी जस्ता विधिहरू समावेश हुन्छन्। यी पदार्थहरूले छालाको बनावटमा सुधार ल्याउँछन् र तात्कालिक रूपमा जवान देखिन मद्दत गर्छन्।
तर, चिकित्सा विज्ञहरूका अनुसार यस्ता उपचारहरूले शरीरको प्राकृतिक हर्माेन सन्तुलनमा असर पुर्याउने खतरा रहन्छ। विशेषगरी सुई तथा हर्माेन आधारित औषधिहरूले दीर्घकालीन साइड इफेक्ट निम्त्याउन सक्छन्।
स्वास्थ्य विशेषज्ञहरूको चेतावनी
विशेषज्ञहरूका अनुसार एन्टी–एजिङ औषधिहरू प्रयोग गर्दा अत्यधिक सतर्कता आवश्यक हुन्छ। प्राकृतिक स्रोतबाट प्राप्त उत्पादनहरू नै बढी सुरक्षित हुने उनीहरूको सुझाव छ।
मुटु सम्बन्धी समस्याहरूमा यस्ता औषधिहरूको सिधा सम्बन्ध कमै देखिए पनि यदि शरीरमा पहिलेबाट कमजोरी वा अन्य स्वास्थ्य समस्या छन् भने, यसको साइड इफेक्टले गम्भीर असर पुर्याउन सक्छ। हार्माेनल थेरापीको प्रयोग गरिरहेका व्यक्तिहरूमा मुटुको जोखिम अझ बढी हुने विज्ञहरू बताउँछन्।
शेफाली जरीवालाको असामयिक निधनले एन्टी–एजिङ औषधिको सुरक्षाबारे बहस चर्किएको छ। सुन्दरताका लागि गरिने यस्ता जोखिमपूर्ण उपचारको दीर्घकालीन प्रभावबारे गहिरो सोचविचार गर्नु जरुरी देखिन्छ।
(अस्वीकरण: यो समाचार विभिन्न मेडिकल रिपोर्ट र प्रहरी स्रोतमा आधारित छ। आधिकारिक पुष्टि पोस्टमार्टम रिपोर्टपछि मात्र हुनेछ।)










प्रतिक्रिया