Listen LIVE

असार १५ ,नेपालगञ्ज : नेपाल सरकारले सनिवार साँझदेखि असार १६ गतेसम्म विभिन्न स्थानहरूमा भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertisement 1

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो।

Advertisement 2

 

भारी वर्षाको सम्भावना रहेका प्रमुख स्थानहरू:

Advertisement 3

  • लुम्बिनी प्रदेश: बाँके, बर्दिया र दाङ
  • कर्णाली प्रदेश: सुर्खेत, दैलेख र सल्यान
  • सुदूरपश्चिम प्रदेश: बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर
  • अन्य प्रदेश: पहाडी भू-भागका एक-दुई स्थान

 

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदीको बहावमा अत्यधिक वृद्धि हुने सम्भावना रहेको भन्दै नदी तटवर्ती क्षेत्र, खोला किनार, डाँडाकाँडा, र पहिरो सम्भावित स्थानहरूमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

प्राधिकरणले नागरिकलाई यस्ता सावधानी अपनाउन सुझाव दिएको छ:

  • अत्यावश्यक नपरेसम्म यात्रा नगर्नुहोस्।
  • मौसम सम्बन्धी सूचना नियमित रूपमा बुझ्नुहोस्।
  • बाढी संभावित क्षेत्रबाट टाढा रहनुहोस्।
  • नदी पार गर्दा सतर्कता अपनाउनुहोस्, खोला तर्ने प्रयास नगर्नुहोस्।
  • स्थानीय विपद् व्यवस्थापन समितिहरू तयारी अवस्थामा रहनुहोस्।

 

साथै, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र नागरिक समाजका संस्थाहरुलाई तयारी अवस्थामा रहन र जोखिम न्युनिकरणमा सक्रिय रहन पनि निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!