Listen LIVE

नेपालगञ्ज : पश्चिम नेपालका चर्चित निर्देशक नवराज सुवेदीको निर्देशनमा तयार गरिएको नयाँ थारु भाषाको म्यूजिक भिडियो ‘दिल कहे बार-बार’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सेविल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, रोमान्स, एक्सन र नृत्यको समिश्रण रहेको सांगितिक भिडियो हो।

Advertisement 1

 

गीतमा अन्नु चौधरी र शिव जी एमको स्वर रहेको छ भने, शब्द तथा सङ्गीत उमेश मुस्कानले तयार पारेका छन्। संगीत संयोजन गणेश चौधरी, मिक्सिङ तथा मास्टरिङ कुमार राना र रेकर्डिङ मरुनी डिजिटल स्टुडियोमा गरिएको हो।

Advertisement 2

 

भिडियो तर्फ, बाल कलाकार पुर्बी बि.क, रुद्र दीक्षित, अधर्त दीक्षित तथा मुख्य कलाकार मुस्कान चौधरी र सतनारायण थारुको अभिनय रहेको छ भने छायांकन तथा सम्पादन रामु चौधरीले गरेका छन्। मेकअप एसी राज बीर र पोष्ट प्रोडक्सन आरकेसी डिजिटलमार्फत सम्पन्न गरिएको छ।

Advertisement 3

 

बाँकेको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोलाई उत्कृष्ट मानेर सरोकारवालाहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। गीत सार्वजनिक समारोहमा बोल्दै समाजसेवी ईश्वर पोखरेलले ‘स्थानीय स्तरमै यस्ता उत्कृष्ट प्रोजेक्ट सम्भव छन्’ भन्दै भविष्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

 

त्यस्तै, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले निर्देशन र प्रस्तुतिकरण दुबै प्रशंसायोग्य रहेको बताउँदै पश्चिम नेपालको सांस्कृतिक क्षेत्रको सम्भावनालाई अझै फराकिलो बनाउन यस्ता प्रोजेक्ट महत्वपूर्ण हुने धारणा राखे।

 

उक्त सार्वजनिक कार्यक्रममा गायक, कलाकार, प्राविधिक तथा विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रमसहित गीतको विशेष प्रदर्शन गरिएको थियो।

 

निर्देशक नवराज सुवेदीका लागि यो ९९ औं म्यूजिक भिडियो रहेको छ। गीतको कन्सेप्ट, फाइट कोरियोग्राफी तथा निर्देशन सुवेदी स्वयंले गरेका हुन्, जसले उनको अनुभव र सिपलाई झनै प्रस्ट पारेको छ।

 

‘दिल कहे बार-बार’ ले थारु सांगीतिक क्षेत्रको विकासमा नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!