Listen LIVE

डोटी, वैशाख १७ : धनगढीबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटी जिल्लाको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि माया मेटो अस्पताल, धनगढी लगिएको थियो तर अस्पताल पुग्नु अघि नै डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए।

Advertisement 2

 

दुर्घटनामा बैतडीको डिलासैनी गाउँपालिका–४ निवासी २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र २४ वर्षीय चालक अशोक बम घाइते भएका छन्।

Advertisement 3

 

प्रहरीका अनुसार घाइतेमध्ये धना नेगी र चालक बमको अवस्था गम्भीर छ। उनीहरूको उपचार सेती प्रादेशिक अस्पताल, धनगढीमा भइरहेको छ।

 

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!