Listen LIVE

बर्दिया, मधुवन – बांके युनेस्को क्लब (BUC) को आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकामा मानव बेचबिखन विरुद्धको स्थानीय समिति (LCCHT) को बैठक सम्पन्न भएको छ।

Advertisement 1

 

उक्त बैठकको अध्यक्षता समितिकी सदस्य तथा उप–मेयर श्रीमती अनिता चौधरीले गर्नुभएको थियो। बैठकमा समितिका सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन समिति सदस्य इन्द्र चुनाराले गर्नुभएको थियो भने बैठकको सहजीकरण तथा परियोजनासम्बन्धी अद्यावधिक विवरण परियोजना संयोजक ईश्वर बी.के., MEDO जनकराम चौधरी तथा BUC की फिल्ड सुपरभाइजर सबित्रा भट्टराईले प्रस्तुत गर्नुभएको थियो।

Advertisement 2

बैठकमा सबै वडाहरूमा वडास्तरिय समिति गठन, समितिको मुख्य प्रगतिहरूको समीक्षा, बालबालिका बेचबिखनसम्बन्धी क्षमता अभिवृद्धि तालिम आयोजना लगायतका विषयमा छलफल गरिएको थियो।

Advertisement 3

 

स्थानीय सरकारको संरचनालाई सुदृढ बनाउने दिशामा यो बैठक अर्को महत्वपूर्ण कदम भएको आयोजकको भनाइ छ। बैठकले मधुवन नगरपालिकालाई मानव बेचबिखन विरुद्ध स्थानीय तहमा प्रभावकारी योजना बनाउन तथा कार्यान्वयन गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!