{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कोहलपुर, बाँके – इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनामा १२१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूको सरुवा गरिएको छ, जसमा डिएसपी भण्डारी पनि परेका हुन्।

डिएसपी लक्ष्मी खनाल

डिएसपी भण्डारीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो, पिलर १ (नेपाल-भारत सीमा) तथा अंग तस्करी नियन्त्रणसम्बन्धी जिम्मेवारीमा सरुवा गरिएको हो। भण्डारी लामो समयदेखि कोहलपुरमा कार्यरत थिए र उनले सुरक्षा व्यवस्थापनमा सक्रिय भूमिका निभाउँदै आएका थिए।

डिएसपी धर्मराज भण्डारी

भण्डारीको स्थानमा अब डिएसपी लक्ष्मी खनाल इलाका प्रहरी कार्यालय कोहलपुरको नेतृत्व सम्हाल्ने भएकी छिन्। उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय प्रहरी समाचार कक्ष नक्साल, काठमाडौंमा कार्यरत थिइन्।

 

प्रहरी प्रधान कार्यालयले देशभरका केही जिल्ला, प्रहरी वृत्त तथा इलाका प्रहरी कार्यालयहरूको समेत हेरफेर गरेको जनाएको छ।

Leave a Reply

error: Content is protected !!