Listen LIVE

नेपालगन्ज : नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता आइतवार सम्पन्न भएको छ। फाइनल खेलमा छात्रतर्फ ब्राइटल्याण्ड स्कुल र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले उपाधि उचालेका छन्।

Advertisement 1

नेपालगन्ज रंगशालामा सम्पन्न छात्रतर्फको फाइनल खेलमा ब्राइटल्याण्ड स्कुलले सडनडेथमा ग्रीनपीस माविलाई हराउँदै च्याम्पियन बनेको हो। निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट गरिएको थियो। तर, त्यहाँ पनि नतिजा निस्कन नसकेपछि सडनडेथमा ब्राइटल्याण्ड विजयी भयो।

Advertisement 2

ब्राइटल्याण्डलाई उपाधि दिलाउन अनमोल गुरुङ, जोन थारु, श्रीस रावत, जटिन लामा गुरुङ र दिक्सान बुढाले गोल गरे। ग्रीनपीसका लागि विशाल थापा मगर, बिराज रोकाय, डेविट तामाङ र दिपेश भण्डारीले गोल गरेका थिए। फाइनल खेलमा ब्राइटल्याण्डका दिक्सान बुढा प्लेयर अफ द म्याच घोषित भए।

Advertisement 3

 

छात्रातर्फको फाइनल खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले आदर्श माविलाई ४–० ले पराजित गर्दै उपाधि जित्यो। सेन्ट जेभियर्सका रमिता कुमारी बडुवाल र रेश्मा थारुले समान २–२ गोल गर्दै टिमलाई जित दिलाए। रमिताले २५औं र २६औं मिनेटमा तथा रेश्माले ४५औं र ५७औं मिनेटमा गोल गरेका थिए। खेलको प्लेयर अफ द म्याच सेन्ट जेभियर्सकी रमिता कुमारी बडुवाल घोषित भइन्।

 

प्रतियोगितामा छात्रतर्फ ब्राइटल्याण्ड स्कुलका श्रीस रावत र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित भए।

 

बाँके जिल्ला फुटबल संघको आयोजनामा फागुन २६ गतेदेखि सुरु भएको प्रतियोगितामा बाँके जिल्लाका २१ वटा पुरुष टिम र ६ वटा महिला टिमको सहभागिता रहेको थियो। विजेता टिमले नगद ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

 

पुरस्कार वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतको उपस्थिति रहेको थियो। संघका महासचिव कमल खत्रीका अनुसार, प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!