Listen LIVE

सन्देश भुसाल, नेपालगञ्ज : चर्चित सर्जक पुष्पल शर्मा “स्पन्दन” को शब्द र कुशल बेलबासे तथा देवी घर्तीको सुमधुर स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘पानी खोलिको‘ सार्वजनिक भएको छ। कुशल विश्वकर्माको संगीत र पूर्ण संयोगको संगीत संयोजन रहेको यो गीतले लोकदोहोरी पारखीहरूलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ|

Advertisement 1

 

‘पानी खोलिको’ गीतको अडियो मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो, जसलाई खड्का बजुरालीले मिक्सिङ गरेका छन्। पानस डिजिटलले अडियो/भिडियो निर्माणको जिम्मा लिएको छ।

Advertisement 2

 

निशान बानियाँको कथा तथा निर्देशन रहेको भिडियोमा शिशिर पौडेल र जुना गुरुङको जीवन्त अभिनय देख्न सकिन्छ। सुरेश श्रेष्ठको छायांकन र दीपक भिस्टाको सम्पादनले भिडियोलाई आकर्षक बनाएको छ। पानस फिल्म्सले भिडियोको पोस्ट प्रोडक्सन गरेको हो।

Advertisement 3

नेपाली लोकदोहोरी संगीतलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको ‘पानी खोलिको’ गीतले स्रोताहरूको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ। यो गीतले नेपाली लोकदोहोरी संगीतमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!