Listen LIVE

सन्देश भुसाल, नेपालगन्ज – आर डि पी डिजिटलको प्रस्तुतीमा गायक प्रमोद डीजीको नयाँ आधुनिक गीत ‘जाल झेल’ सार्वजनिक भएको छ। गीतले माया, धोका र बिछोडका भावनाहरू व्यक्त गर्छ, जसले श्रोता तथा दर्शकको मन छुने अपेक्षा गरिएको छ।

Advertisement 1

 

गीतमा गायक प्रमोद डीजीकै स्वर, संगीत तथा एडी भण्डारी (अर्जुन) को शब्द रहेको छ। गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने रञ्जन राईले मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सम्हालेका छन्।

Advertisement 2

 

अनिल शाहीको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा रामचन्द्र नेपाली, ममता माझी, धर्मराज शाही, बिक्रान्त आचार्य (विनोद) र दिव्या न्यौपानेले अभिनय गरेका छन्। छायांकन अमित बीके (टिम) ले गरेको हो भने सम्पादन तथा रंग संयोजन राजेश कुमारले गरेका छन् ।

Advertisement 3

 

गायक प्रमोद डीजीले आधुनिक, पप, लोकदोहोरी, फिल्मी तथा थारु गीत गरी करिब ६५ वटा गीत बजारमा ल्याइसकेका छन्। उनका लोकप्रिय गीतहरूमा तोहार नथिया, सुटुक्कै बाटो काटेर गै, यी दिलबाजा बजाउने हो जस्ता गीतहरू रहेका छन्।

 

‘जाल झेल’ गीतलाई दर्शक-श्रोताले मन पराउने विश्वास गरिएको छ। विशेष गरी माया प्रेममा आधारित गीत रुचाउने संगीतप्रेमीहरूका लागि यो गीत विशेष हुने अनुमान गरिएको छ।

 

गीत आरडीपी डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!