Listen LIVE

दाङ २० असोज – दाङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट रुकुम पश्चिमका लागि छुटेको माइक्रोबस तुलसीपुर–७ डाँडापातुमा अनियन्त्रित भएर सडक नजिकैको घरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते हुनेमा चालक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ का कुमार सन्यासी सहितसल्यानको सारदा नगरपालिका–७ की वर्षीया कल्पना चलाउने, उहाँकी ८ बर्षकी छोरी निर्मला चलाउने, बागचौर नगरपालिका–की सपना चलाउने, रणविर नेपाली र जाजरकोटको भेरी नगरपालिका–४ घरभई जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार दुर्गा बहादुर बिक रहेका प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!