सन्देश भुसाल,नेपालगन्ज, फागुन १३ : नेपालगन्जमा पार्किङमा राखिएको भ्यान अनियन्त्रित भई घरभित्र छिर्दा एक बालकको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्।
Advertisement 1
नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरका पाँचवर्षीय दृश्यसिंह बुढाको घटनास्थलमै मृत्यु भएको बाँके प्रहरीले जनाएको छ। भे१च ३८९५ नम्बरको पिकअप भ्यान पार्किङबाट निकाल्ने क्रममा अनियन्त्रित भएर स्थानीय सञ्जय सिलवालको घरमा छिरेको हो।
Advertisement 2
दुर्घटनामा घरधनी ४३ वर्षीय सञ्जय सिलवाल सामान्य घाइते भएका छन्। साथै, घरमा रहेका उनका नाति ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय सञ्जीव सिलवाल पनि घाइते भएका छन्। प्रहरीका अनुसार घाइते बालबालिकाको अवस्था सामान्य रहेको छ।
Advertisement 3
दुर्घटनापछि भ्यान चालक कोहलपुर नगरपालिका–२ का २३ वर्षीय सुरज थारू र नेपालगन्ज उपमहानगरपालिका–१३, बुलबुलियाका ३८ वर्षीय लियाकत अलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











