Listen LIVE

सन्देश भुसाल, कोहलपुर : बाँके जिल्लाको कोहलपुरमा निर्माण गरिएको प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‍घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर रहनु भएको थियो।

Advertisement 1

उद्‍घाटन समारोहमा नेपालगंज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, राप्तिसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, लुम्बिनी प्रदेश प्रहरी अस्पताल प्रमुख प्रबि उपरीक्षक दीपा न्हुच्छे प्रधान, प्रबि उपरीक्षक राजेन्द्र प्रसाद धमला, बाँके जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, नेपाल पेट्रोल एसोसिएसनका अध्यक्ष, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ-संस्थाका पदाधिकारीहरू र मिडियाकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।

Advertisement 2

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस्तै, प्रहरी नायव उपरीक्षक (इन्जिनियर) रोशन सारुले पम्पको निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

Advertisement 3

प्रतिवेदन प्रस्तुति पछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र नेपालगंज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो सम्बोधनमा पेट्रोल पम्पको सफल संचालन र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुका साथै प्रहरी कल्याण कोषका यस्ता पहलहरूले सुरक्षाकर्मीहरूको हितमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी महानिरीक्षकलाई कृतज्ञताको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!