Listen LIVE

नेपालगञ्ज । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।

Advertisement 1

 

वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा २४ गते सकिने बोर्डले जनाएको छ ।

Advertisement 2

 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीका लागि तालिका सार्वजनिक गरिएको हो ।

Advertisement 3

 

परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रिोनिक्स डिभाइस लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।

 

बोर्डले आफ्नो वार्षिक कार्यतालिका अनुसार नै कक्षा १२ को परीक्षा गर्न लागिको हो । कार्यतालिकामा २०८२ को वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने उल्लेख गरेको थियो । सोही आधारमा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डले माघ ३० गतेसम्म परीक्षा आवेदन फाराम भर्ने समय तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!