Listen LIVE

नेपालगञ्ज : नेपालगञ्जका चर्चित निर्देशक नवराज सुवेदी द्वारा निर्देशित नयाँ म्युजिक भिडियो “जाने भए जाम कान्छी सिम्ला” सार्वजनिक भएको छ।

Advertisement 1

 

यस गीतमा गोपाल नेपाल जीएम र अन्नु चौधरी को सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत पनि गोपाल नेपाल जीएमकै छन्। भिडियोमा गोपाल नेपाल जीएम, पूजा बुढा, अञ्जु काफ्ले, र जितेश थापा को दमदार अभिनय देख्न सकिन्छ।

Advertisement 2

 

यस भिडियो नेपालगञ्जका विभिन्न स्थान तथा भारतको नानपारासम्म पुगेर छायांकन गरिएको हो। यो म्युजिक भिडियो भखरै मात्र गोपाल नेपाल जीएमको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Advertisement 3

 

यस गीत समाजमा फैलिएको चेलीबेटी बेचबिखन जस्तो गम्भीर विषयवस्तुलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको हो।

 

भिडियोलाई निर्देशक नवराज सुवेदी ले निर्देशन गरेका छन्। मेकअप अमृताराज वीर, क्यामेरा तथा सम्पादन रामु चौधरी र टिम, व्यवस्थापन केशव बाडु, मिक्सिङ कुमार राना, रेकर्डिस्ट सुमन राना, तथा स्टुडियो मारुनी स्टुडियो बाट तयार गरिएको छ।

नेपालगञ्जमै बसेर नेपाली संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय नवराज सुवेदीको यो नयाँ म्युजिक भिडियो सामाजिक सन्देश बोकेको छ। संगीत प्रेमीहरूले गोपाल नेपाल जीएमको युट्युब च्यानल मार्फत हेरी गीतलाई माया, समर्थन,र साथ दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!