Listen LIVE

झापा । झापाको मेची राजमार्गमा स्काेरपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ४६ वर्षीय ठाकुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement 1

मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४ आज दिउँसो करिब साढे ३ बजेको समयमा इलामबाट बुधवारेतर्फ आउँदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्काेरपियो गाडीले गर्दा विपरीत दिशाबाट आइरहेको प्र.१–०१–०१६ प.३६६१ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ५:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय बुधवारेले स्काेरपियो चालकसहित स्काेरपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!