Listen LIVE

नेपालगन्ज । मानव बेचविखनका लागि अत्यन्त संवेदनशील मानिने नेपाल–भारत सीमा जमुनाहा नाकाबाट गत वर्ष ५४५ जना महिला तथा युवतिलाई उद्धार गरिएको छ।

Advertisement 1

 

माइती नेपाल नेपालगन्जले मानव बेचविखनको जोखिममा देखिएपछि विभिन्न जिल्लाबाट भारत जान लागेका ती महिलालाई उद्धार गरिएको जनाएको छ। सो जानकारी माइती नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको हो।

Advertisement 2

 

माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार दलालहरूले पछिल्लो समय नयाँ प्रविधिको प्रयोग गर्दै महिला र युवतिलाई जोखिमपूर्ण रोजगारीको प्रलोभन देखाएर भारत लैजाने प्रयास गरिरहेका छन्। रोजगारी, राम्रो आम्दानी वा अन्य बहानामा भारतका विभिन्न स्थानमा पुर्‍याइने क्रम अझै जारी रहेको उहाँले बताउनुभयो।

Advertisement 3

 

माइती नेपालले सन् २००२ सालदेखि नै नेपालगन्जस्थित जमुनाहा नाकामा युनिट स्थापना गरी जोखिमपूर्ण यात्रामा भारत जान लागेका महिला तथा युवतिलाई रोक्दै आएको छ। संयोजक कोइरालाका अनुसार गत एक वर्षमा नियन्त्रणमा लिइएका ५४५ जनालाई आवश्यक परामर्श प्रदान गरी सिधै अभिभावकको जिम्मा लगाइएको छ।

 

नाकामा चेकजाँचमा कडाइ बढाइएपछि शंकास्पद व्यक्तिलाई सोधपुछ गर्ने र रोक्ने कार्य तीव्र पारिएको छ। तर, त्यससँगै दलालहरूले अन्य साइड नाका प्रयोग गर्ने तथा नयाँ–नयाँ तरिकाबाट महिला र युवतिलाई सीमा पार गराउने प्रयास बढाएको पाइएको कोइरालाले जानकारी दिनुभयो।

 

यसैबीच, जमुनाहा नाकामा माइती नेपालसँगै अन्य विभिन्न संघसंस्थाले पनि मानव बेचविखन तथा जोखिमपूर्ण रोजगारीमा जान लागेका नेपाली महिला तथा युवतिहरूको उद्धार गर्दै आएका छन्। सरोकारवालाहरूले मानव बेचविखन नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!