Listen LIVE

अछाम। अछामको कमलबजार विमानस्थलमा तारा एयरलाइन्सले पहिलो पटक व्यवसायीक उडान गरेको छ । आईतबार एक औपचारीक कार्यक्रमका बिच एयरलाइन्सले पहिलो पटक व्यवसायीक उडान सुरु गरेको हो ।

Advertisement 1

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुणकुमार चौधरीले एक कार्यक्रममार्फत विमानस्थलमा पहिलो पटक व्यावसायिक उडानको उद्घाटन गरेका छन । कार्यक्रमा बोल्दै मन्त्री चौधरीले कमलबजार विमानस्थलको कालोपत्रे गर्न र नियमित उडान गर्न भरपुर प्रयास गर्ने बताए । उनले तारा एयरलाइन्सको व्यावसायिक उडान सुरु भएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement 2

 

एयरलाइन्सले काठमाडौँ-नेपालगञ्ज -नेपालगन्ज कमलबजार कनेक्टिङ फलाईटमार्फत व्यवसायीक उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी कृष्ण कुमार शाहले जानकारी दिए ।

Advertisement 3

यसअघि फाल्गुन २५ गतेदेखि नियमित उडान हुने भनिएता पनि सो दिन प्रतिकुल मौसमका कारण पहिलो उडान अवरुद्ध भएको थियो । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!