Listen LIVE

टर्की : उत्तरपश्चिम टर्कीको बोलु प्रान्तको कार्तलकायामा रहेको १२ तले ग्राण्ड कार्तल होटलमा मंगलबार बिहान भएको भीषण आगलागीमा ७६ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

Advertisement 1

 

आगलागी होटलको चौथो तलामा रहेको रेस्टुरेन्टबाट सुरु भएको थियो। त्यतिबेला होटलमा २३८ जना पाहुना थिए। आगलागी द्रुत गतिमा फैलिँदा होटल धुँवाले भरिएको थियो, जसका कारण धेरैलाई बाहिर निस्कन कठिन भएको थियो।

Advertisement 2

 

कसैकसैले ज्यान जोगाउन होटलको माथिल्लो तलाबाट हामफालेका थिए। हामफाल्ने क्रममा दुई जनाको मृत्यु भएको थियो भने बाँकीको मृत्यु धुँवामा निसास्सिएर भएको बताइएको छ। स्थानीय मिडियाका अनुसार आगलागीको समयमा चेतावनीको साइरन बजेको थिएन, जसले उद्धारमा थप समस्या पुऱ्याएको थियो।

Advertisement 3

 

टर्कीका गृहमन्त्री अली येरलिकायाले घटनास्थलको निरीक्षण गर्दै ७६ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्। उनले यस घटनाबाट सरकारले दुःख व्यक्त गरेको बताए। साथै, घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको जानकारी पनि दिएका छन्।

 

राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेका छन्। होटलमा भएको यो दुर्घटनापछि खोज तथा उद्धार कार्य सम्पन्न भइसकेको र घाइतेहरुको उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्।

 

आगोलाई नियन्त्रणमा लिन दर्जनौं अग्निनियन्त्रक टोली खटिएका थिए। अहिले घटनाको कारणबारे अनुसन्धान जारी छ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!