Listen LIVE

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल

काठमाडौँ, असार १५ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पतालमा भर्ना भएका छन्। मन्त्री पौडेलको सचिवालयका अनुसार उच्च ज्वरो देखिएपछि उनलाई हिजो बेलुका अस्पताल लगिएको हो।

Advertisement 1

 

अहिले उनको वीर अस्पतालको भीआईपी क्याबिनमा राखेर उपचार भइरहेको छ। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका छन्।

Advertisement 2

 

स्वास्थ्य मन्त्री पौडेल केही दिनअघि संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा सहभागी हुन थाइल्याण्डको बैंकक गएका थिए। शुक्रबार बिहान मात्रै उनी स्वदेश फर्किएका थिए। फर्किएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

Advertisement 3

 

स्रोतका अनुसार मन्त्री पौडेल अघिल्लो साता पनि रुघाखोकी र ज्वरोको समस्याबाट ग्रस्त भएका थिए। लामो यात्रापछि पुनः समस्या देखिएको अनुमान गरिएको छ।

 

मन्त्रालय स्रोतका अनुसार आवश्यक स्वास्थ्य परीक्षण र विश्रामपछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!