Listen LIVE

काठमाडौँ : काठमाडौंको पिंगलास्थानको एक होटलमा युवती मृत फेला परेको घटनामा फरार भनिएका पुरूष मृत फेला परेका छन्।

Advertisement 1

 

शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीस्थित एक रूखमा देवकुमार थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण खड्काले जानकारी दिए।

Advertisement 2

 

थापा आफ्नो घरदेखि अन्दाजी एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

Advertisement 3

 

गत बुधबार काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ भित्र सुस्मिता खड्का मृत फेला परेकी थिइन्। उनीसँगै थापा पनि नयाँ वर्षको अघिल्लो दिन त्यहाँ पुगेको प्रहरीको अनुसन्धानबाट देखिएको थियो। तर खड्का मृत फेला पर्दा थापा भने त्यहाँ थिएनन्। खोजी गर्ने क्रममा थापा पनि मृत फेला परेका हुन्।

सुस्मिताको मृत्यु कसरी भएको थियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ। उनको बाहिरी चोट देखिएको थिएन।

 

काठमाडौं परिसरका एक प्रहरीले यसको औपचारिक जानकारी लिने काम भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!