Listen LIVE

बाँके : खजुरा गाउँपालिका वडा नम्बर दुईबाट अव्यवस्थित र लत्रीएका तार हटाउन अभियान सुरु भएको छ। लत्रीएका तारले दुर्घटनाको जोखिम बढाएको भन्दै पालिकाले बारम्बार सूचना जारी गर्दा पनि बेवास्ता गरिएकोले शनिबारबाट तार काट्ने काम थालेको हो।

Advertisement 1

पालिकाले विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई तार व्यवस्थित गर्न ३० दिने सूचना जारी गरेको थियो। तर, समयमै कार्यान्वयन नगरेपछि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानको नेतृत्वमा यो अभियान थालिएको हो। पहिलो चरणमा शनिबार वडा नम्बर दुईको रिमझिम चोकमा लत्रीएका तार हटाइएको छ।

Advertisement 2

अध्यक्ष बिकका अनुसार, पालिकाभित्र रहेका सबै अव्यवस्थित तार नियमानुसार हटाइनेछ। उनले भने, “पोल र भुइँमा लत्रीएका तारले जनजीवनमा जोखिम बढाएको छ। बारम्बार आग्रह गर्दा पनि अटेर गरेकाले हामीले तार काट्न बाध्य भयौं। यो अभियान पालिका भरि निरन्तर सञ्चालन गरिनेछ।”

 

Advertisement 3

पालिकाले यस्ता तार समयमै व्यवस्थापन गर्न पुनः आग्रह गर्दै अटेर गर्ने कम्पनीका तार पालिकाले आफैँ हटाउने चेतावनी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!