Listen LIVE

नेपालगञ्ज : भारतका पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ। उनी सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री थिए।

Advertisement 1

 

राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) अस्पतालमा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

Advertisement 2

 

लामो समयदेखि बिरामी उनलाई बिहीबार साँझ स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। उनी ९२ वर्षका थिए।

Advertisement 3

 

भारतलाई आर्थिक उदारीकरणमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा भएको थियो। उनी अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा जन्मिएका थिए।

 

एक साधारण किसान परिवारमा जन्मिएका सिंहले अर्थशास्त्र र राजनीतिमा ठूलो उपलब्धि हासिले गरे। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका थिए।

 

उनले नै सन् १९९१ मा भारतीय अर्थतन्त्रलाई उदारीकरणको बाटोमा लगेका हुन्।

 

भारतीय सञ्चारमाध्यम ‘आजतक’ का अनुसार सरकारमा सिंहको प्रवेश सन् १९७१ मा वाणिज्य मन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा भएको थियो। सन् १९७२ मा उनी अर्थ मन्त्रालयको मुख्य आर्थिक सल्लाहकार नियुक्त भए।

 

त्यसपछि उनले अर्थ मन्त्रालयका सचिव, योजना आयोगका उपाध्यक्ष, भारतीय रिजर्भ बैंकका गभर्नर, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार र विश्वविद्यालय अनुदान आयोगको अध्यक्षका रूपमा काम गरे।

 

उनी सन् १९९१ देखि १९९६ सम्म भारतका अर्थमन्त्री थिए। त्यही क्रममा उनले आर्थिक सुधार कार्यक्रम लागू गरेर भारतलाई तत्कालीन आर्थिक संकटबाट बाहिर ल्याए। भारतले अहिले गरेको आर्थिक प्रगतिको श्रेय मनमोहन सिंहको त्यही आर्थिक सुधार कार्यक्रमलाई दिने गरिन्छ।

 

उनी सन् १९९१ मा पहिलोपल्ट राज्यसभा सदस्य बने। सन् १९९८ देखि २००४ सम्म भारतीय जनता पार्टी सत्तामा हुँदा उनी राज्यसभाका विपक्ष नेता थिए। उनले सन् १९९९ मा दिल्लीबाट लोकसभा चुनाव लडेका थिए। तर चुनाव जितेनन्।

 

उनी सन् २००४ को आमनिर्वाचनपछि भारतको प्रधानमन्त्री नियुक्त भए। त्यसपछि २००९ मा उनी दोस्रोपटक प्रधानमन्त्री बने र २०१४ सम्म पदमा रहे।

 

सिंहलाई सन् १९८७ मा पद्म विभूषणबाट सम्मान गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!