{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

अर्घाखाँची – शितगङ्गा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । गोरुसिङ्गे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गा नगरपालिका–४ कोप्चेवासमा भे १ ख २११८ नम्बरको बसले लु ३० प २५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलका अनुसार घाइतेमध्ये चार जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । अरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसो बाँके जिल्लाका रहेका छन् ।

Leave a Reply

error: Content is protected !!