Listen LIVE

बाँके । पोखरा एभेञ्जर्सले नेपाल प्रिमियर लिगको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ । आज भएको प्रतिस्पर्धामा पोखरा चितवन राइनोजसँग ८७ रनले पराजित भएको हो । योसँगै चितवनले लगातार दोस्रो जित हासिल गरेको छ । यसअघि चितवनले काठमाडौं गुर्खाजलाई हराएको थियो ।

Advertisement 1

 

चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा जम्मा १३दशमलव२ ओभर खेलेर ७४ रनमा अलआउट भयो ।

Advertisement 2

 

पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । म्याट क्रिटलेले १७ रन जोडे ।

Advertisement 3

 

चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए । रिजनले पनि ३ ओभरमा १ मेडन राख्नदै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दिपक बोहराले १ विकेट लिए ।

 

सुरुआती ४ ओभरमै तनविर र रिजनलले धारिलो बलिङ गर्दै ३-३ विकेट लिँदा पोखराले ६ विकेट गुमाएको थियो । त्यसपछि म्याट र नारायणले केही सम्हाल्न खोजेपनि पूरा ओभर टिक्न सकेन ।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपारको अर्धशतक मदतमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

 

बोपाराको ३८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए । लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!