Listen LIVE

सिरहा : अवैध मदिरा नियन्त्रणमा लिन मध्यरातमा बोर्डरमा खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक लक्ष्मण यादवको हत्या भएको छ ।

Advertisement 1

 

नेपालबाट भारततर्फ अवैध मदिरा तस्करी निकासी गर्ने तस्करको स्कारपियो गाडीले भारतीय सीमा नजिकै सिरहाको बरियारपट्टी गाउँपालिका पाँच कचनारी गाउँमा यादवलाई ठक्कर दिएको थियो ।

Advertisement 2

 

 

Advertisement 3

शनिवार अन्दाजी राति १२ बजेतिर भारततर्फ हुकिएर जाँदै गरेको स्कारपियोलाई चेकजाँच गर्ने उद्देश्यले सई यादवले रोक्न खोज्दा उक्त गाडीले किचेर भारततर्फ भागेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए ।

 

यादवको कमाण्डमा रहेका अन्य सुरक्षाकर्मीहरुले जिल्लास्थित सशस्त्र प्रहरी हेडक्वाटरमा घटनाबारे सूचना गरेका थिए । यादवको शव पोष्टमार्टमको लागि लहान अस्पताल पु¥याइएको छ । मृतक यादव सिरहाकै नरहा गाउँपालिका वडा नं. ५ का बासिन्दा हुन् ।

 

 

ADVERTISEMENT

प्रहरीले हत्यारा मदिरा तस्कर, सवारी साधन स्कारपियो र सवारी चालकलाई पक्राउ गर्न नसकेको भन्दै लहानमा केहीबेर राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले सामान्य बल प्रयोग गरेर राजमार्ग खुलाएपनि परिवारजनले शव बुझ्न मानेका छैनन् । लहान बजार केहीबेर तनावग्रस्त भएको थियो ।

 

 

ADVERTISEMENT

प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ तर उसको नाम सार्वजनिक गरेको छैन ।

 

यता परिवारजनले प्रहरीले पक्राउ गरेको एक जनाको नाम तत्काल सार्वजनिक गर्नुपर्ने, यादवको कमाण्डमा खटिएका अन्य सशस्त्र प्रहरीका जवानहरुको नाम सार्वजनिक गर्नुपर्ने र उनीहरुको वयान लिनुपर्ने अडान लिएको छ ।

यो पनि पढ्नुहोस्

यादवका परिवारजन सालो रञ्जित कुमार यादवले माथिल्लो तहका अधिकारीहरुले तस्करसँग अनुचित सौदावाजी गरेर सई लक्ष्मण यादवको सुनियोजित तरिकाले हत्या गराएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!