Listen LIVE

नेपालगञ्ज । इन्स्टाग्राममा अब इनबक्सबाट लाइभ लोकेसन पठाउन सकिने भएको छ । मङ्गलबारदेखि इन्स्टाग्रामले क्रमिक रूपमा यो फिचर उपलब्ध गराउन थालेको हो । इन्स्टाग्रामको मातृ कम्पनी मेटाले ह्वाट्सएप र मेसेन्जर एपमा यो फिचर यसअघि नै उपलब्ध गराएको थियो ।

Advertisement 1

 

यसका साथै, प्रयोगकर्ताले इन्स्टाग्राममा आफ्नो प्रोफाइलमा निकनेम थप्न सक्ने फिचर पनि पाएका छन् । यो फिचर पहिले मेसेन्जरमा मात्र उपलब्ध थियो । निकनेम राखेपछि प्रयोगकर्ताको अन्य युजरनेममा कुनै परिवर्तन नआउने कम्पनीले जनाएको छ ।

Advertisement 2

 

इन्स्टाग्रामले पठाइएको लाइभ लोकेसन एक घण्टाका लागि मात्र मान्य हुनेछ । यो फिचर विशेषगरी कसैलाई भेट्न, कार्यक्रम स्थल वा समारोहको ठेगाना देखाउन सहयोगी हुनेछ । व्यक्तिगत च्याट र ग्रुप च्याट दुवैमा रियल टाइम लोकेसन पठाउन सकिनेछ ।

Advertisement 3

 

इन्स्टाग्रामले एपमा १७ ओटा नयाँ अवतार स्टिकर र ३०० भन्दा बढी रमाइला स्टिकर पनि समावेश गरेको छ, जसले च्याटलाई थप मनोरञ्जनात्मक बनाउने कम्पनीको विश्वास छ ।

 

हालका लागि यी फिचर केही सीमित देशमा मात्र उपलब्ध छन् । कम्पनीले छिट्टै विश्वव्यापी रूपमा यो फिचर सार्वजनिक गर्ने योजना ल्याएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!