कोहलपुरमा मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

नेपालगञ्ज पोष्ट : बाँकेको कोहलपुर–११ मा पार्किङमा राखिएको मोटरसाइकल चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार खोजतलासका क्रममा आजाद अन्सारी र सञ्जिब कुमार यादवलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले उक्त मोटरसाइकललाई रु. ३,००० मा सहिद अहमद सिद्दिकीलाई बिक्री गरेको स्वीकार गरेका छन्।

 

प्रहरीले थप अनुसन्धान अघि बढाउँदा समीम अहमदको ग्यारेज नजिकै चोरी भएको मोटरसाइकल फेला परेको थियो।

 

चोरीमा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!