
नेपालगञ्ज पोष्ट : बाँकेको कोहलपुर–११ मा पार्किङमा राखिएको मोटरसाइकल चोरी गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Advertisement 1
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार खोजतलासका क्रममा आजाद अन्सारी र सञ्जिब कुमार यादवलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा उनीहरूले उक्त मोटरसाइकललाई रु. ३,००० मा सहिद अहमद सिद्दिकीलाई बिक्री गरेको स्वीकार गरेका छन्।
Advertisement 2
प्रहरीले थप अनुसन्धान अघि बढाउँदा समीम अहमदको ग्यारेज नजिकै चोरी भएको मोटरसाइकल फेला परेको थियो।
Advertisement 3
चोरीमा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%