नेपालगञ्ज – पछिल्लो समय चर्चित जोडी कमल बिसि र अन्जु बिश्वकर्माको अभिनयमा तयार भएको गीत ‘भगवानलाई झुक्ने गराउँछु’ युट्युबमा सार्वजनिक भएको छ। गीतलाई कमल बिसि माल्दाइको आधिकारिक युट्युब च्यानल मार्फत हिजो दिउँसो ४ बजे सार्वजनिक गरिएको थियो।
Advertisement 1
गीतले सार्वजनिक भएको २४ घन्टा नबित्दै युट्युबको टेन्डिङ सूचीमा १५औं स्थानमा आफ्नो स्थान बनाएको छ। यो गीतलाई दर्शकहरूले अत्यधिक माया दिइरहेका छन्। १२ वर्ष पहिले अडियो मात्र सार्वजनिक भएको यस गीतको भिडियो निर्माण दर्शकहरूको माग र माया अनुसार गरिएको कमल बिसिले जानकारी दिएका छन् ।
Advertisement 2
गीतको लय रामु खड्काले दिएका छन् भने शब्द बैरागी काँइलाको रहेको छ। यसमा कमल बिसि माल्दाइ र तुलसी घर्तीको सुमधुर स्वर रहेको छ। संगीत संयोजन बिनोद पराजुलीले गरेका छन् भने ध्वनि मिश्रण कुमार रानाले (मालसिरी स्टुडियो) गरेका छन्।
Advertisement 3
गीतको भिडियो निर्देशन बिनोद भण्डारीले गरेका छन्। छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन नबिन घर्ती मगरले गरेका छन्। मेकअपमा कविता तोलाङ्गीको योगदान रहेको छ। यस दृश्य निर्माण बागेश्वरी म्युजिक प्रालिले गरेको हो।
गीतमा कमल बिसि र अन्जु बिश्वकर्माको जोडीलाई फेरी एक पटक देख्न पाउँदा दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
गित हेर्न:https://youtu.be/AEcjO8vR5TU?si=qO8e4UuMqQYapEoA










प्रतिक्रिया