Listen LIVE

रौतहट : रौतहटमा करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ ।परोहा नगरपालिकामा विद्युतीय मोटरबाट करेन्ट लागेर आमाछोराको मृत्यु भएको हो ।करेन्ट लागेर घाइते दुवैको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा परोहा नगरपालिका–७ नरकटिया टोलका ३५ वर्षीया ललितादेवी साह र उनका १८ वर्षीय छोरा अर्जित साह रहेका छन् ।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमा छोरालाई करेन्ट लागेको थियो ।दुवैलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा बुधबार राति मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!