Listen LIVE

बोमलाल गिरी नवलपुर।नारायणघाट–बुटबल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने भएको छ । सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।

Advertisement 1

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपीआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रुपियाँ पर्छ ।

Advertisement 2

 

उक्त रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति रुपियाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उहाँले जानकारी दिनुभयो । बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणघाट–बुटबल सडक खण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्कीबाटमा एउटा मात्र सीसी क्यामेरा रहेको प्रहरीले जनाएको छ ।

Advertisement 3

 

यसअघि बाटो विस्तारको काम पूर्ण रुपमा सकिएपछि मात्र क्यामेरा जडान गर्ने भनिए पनि बाटो विस्तारको काम सम्पन्न हुन समय लाग्ने देखिएपछि सहर बजारमा सडक बनेको ठाउँमा क्यामेरा जडान गरिने भएको हो ।

 

हाल सडक विस्तार भएका ठाउँमा अत्यधिक गतिमा सवारी साधन चलाउने गरिएकाले त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले गति सीमित गर्न पनि चालकलाई आग्रह गरेको छ । प्रहरी नायव उपरीक्षक शाहले व्यक्तिगत प्रयोजनका लागि विभिन्न पसलमा राखेका क्यामेरामध्ये एउटा क्यामेरा सडकतर्फ फर्काएर राखी प्रहरीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!